Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको टक्कर एमालेसँग

राष्ट्रिय स्वतन्त्र पार्टीको टक्कर एमालेसँग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • १८:४६:०८ बजे
  • 433
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीको टक्कर एमालेसँग

    सोमबार अपराह्नसम्म ६२ स्थानमा मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न ८ स्थानमा अग्रता लिएको छ । संयोग नै मान्नुपर्छ, ती सबै ठाउँमा उसका निकटतम प्रतिस्पर्धी अरु होइन, नेकपा एमालेका उम्मेदवार छन् ।

    images

    काठमाडौं-२ मा सोविता गौतमको प्रतिस्पर्धा एमाले उम्मेदवार मणिराम फूयालसँग छ । काठमाडौं–६ मा शिशिर खनालले एमाले उम्मेदवार सर्वेन्द्र खनालसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

    काठमाडौं-७ मा गणेश पराजुलीले एमालेका श्याम कुमार घिमिरेसँग प्रतिस्पर्धा गरिरहेका छन् । ललितपुर-३ मा तोसिमा कार्कीपछि दोस्रो स्थानमा अमृत खड्का छन् ।

    काठमाडौंका ४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरिरहेको छ । काठमाडौं बाहिरका ४ निर्वाचन क्षेत्रमा पनि रास्वपाले लिड गरिरहेको छ, त्यहा पनि अरु दल होइन एमालेकै उम्मेदवारसँग उसको प्रतिस्पर्धा छ ।

    झाप-४ मा शम्भुप्रसाद ढकाल पहिलो स्थानमा छन् भने उनीसँग एमालेका एलपी साँवाले प्रतिस्पर्धा गरिरहेका छन् । रुपन्देही–२ मा गणेश पौडेलले एमाले उपाध्यक्ष समेत रहेका विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका छन् ।

    कास्की-२ मा माधव प्रसाद कँडेल र एमाले उम्मेदवार विद्या भण्डारी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । कास्की–३ मा योगराज पौडेल पहिलो स्थानमा छन् भने दामोदर पौडेल बैरागी दोस्रो स्थानमा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology