Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको संख्या देशभर १२ हजार नाघ्यो

कोरोना संक्रमितको संख्या देशभर १२ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७७ शनिवार • १९:१९:०७ बजे
  • 1.5K
    SHARES
  • कोरोना संक्रमितको संख्या देशभर १२ हजार नाघ्यो

    नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

    images

     

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार अब देशभर संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

    संक्रमितमध्ये २ हजार ८ सय ३४ जना उपचारपछि घर फर्किएका छन् भने २८ जनाको ज्यान गएको छ ।

    बाजुरामा ८६, डोटीमा ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाममा १३, सल्यानमा १३ र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण भएको छ ।

    त्यस्तै रसुवामा ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८-८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७-७ जना, सर्लाही र नुवाकोटमा ६-६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियामा ५-५ जना, बारामा ४ जना, धनुषा र धादिङका ३-३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २-२ जना, जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका १-१ जनामा संक्रमण देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology