Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली अहंकारको परिणाम,अछामका दुबै क्षेत्रमा एमाले पराजित हुने निश्चित

ओली अहंकारको परिणाम,अछामका दुबै क्षेत्रमा एमाले पराजित हुने निश्चित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७९ मंगलवार • १७:१६:५९ बजे
  • 2.8K
    SHARES
  • ओली अहंकारको परिणाम,अछामका दुबै क्षेत्रमा एमाले पराजित हुने निश्चित

    प्रतिनिधिसभा निर्वाचन–२०७४ मा नेकपा एमालेले अछामको दुबै निर्वाचन क्षेत्र जितेको थियो । तर, यसपटक भने दुबै निर्वाचन क्षेत्र गुमाउने भएको छ ।

    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अछामबाट निर्वाचित हुँदै आएका एमालेका प्रभावशाली नेता भीम रावलको टिकट खोसेका कारण एमालेले दुबै निर्वाचन क्षेत्र गुमाउने पक्का भएको हो ।

    दुबै निर्वाचन क्षेत्रमा मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेको मतअन्तर हेर्दा अछाम–१ मा एकीकृत समाजवादी र अछाम–२ मा नेपाली कांग्रेस विजयी हुने निश्चित जस्तै भएको छ ।

    अछाम–१ एमालेले भीम रावललाई पाखा लगाएर झपटबहादुर बोहरालाई टिकट दिएको थियो । पछिल्लो गणनाअनुसार बोहराले ६ हजार २६४ मत पाएका छन् । तर, एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवरले भने झण्डै दोब्बर अर्थात १० हजार २९० मत पाएका छन् । कुँवर र बोहराबीच ४ हजार २६ मतान्तर रहेको छ ।

    त्यसैगरी, एमालेले अछाम–२ मा अघिल्लो निर्वाचन जितेका यज्ञबहादुर बोगटीलाई नै उम्मेदवार बनाएको छ । हालसम्म बोगटीले ६ हजार ३७ मत पाएका छन् । तर, कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले ९ हजार ५३ मत पाएका छन् । शाह र बोगटीबीच ३ हजार १६ को मतान्तर रहेको छ ।

    भीम रावल अछाम–१ बा प्रतिनिधिसभा सदस्याका लागि एकल सिफारिसमा परेका थिए । तर, अध्यक्ष ओलीले अन्तिम समयमा रावलको टिकट खोसेका थिए । अछाम–२ मा धने कांग्रेस उम्मेदवार शाहले यसपटक विजयी हुँदै अघिल्लो निर्वाचनमा बेहोरेको हारको बदला लिने भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology