Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादी केन्द्रले म्याग्दी बाट खोल्यो खाता,म्याग्दीमा माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित

माओवादी केन्द्रले म्याग्दी बाट खोल्यो खाता,म्याग्दीमा माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७९ मंगलवार • २३:१६:२५ बजे
  • 1.9K
    SHARES
  • माओवादी केन्द्रले म्याग्दी बाट खोल्यो खाता,म्याग्दीमा माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित

    म्याग्दीको प्रदेशसभा क्षेत्र (२) बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित भएका छन् ।

    images

    नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धनको समर्थन पाएका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । १०१ मतान्तरले रेशम निर्वाचित भएका हुन् ।

    ३७ हजार ६४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (२) मा आइतबार भएको निर्वाचनमा २१ हजार सात मत खसेको थियो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।

    मालिका गाउँपालिका–७ का जुग्जाली २०५७ देखि माओवादीमा आवद्ध छन् । २०७४ मा मालिका ७ को वडा अध्यक्षमा निर्वाचित जुग्जाली गत वैशाखको स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षमा पराजित भएका थिए ।

    जुग्जालीलाई सत्तारुढ नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सर्मथन गरेका थिए ।

    जनार्दन शर्माले लिए तेब्बर मतको अग्रता
    एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले झण्डै तेब्बर मतको अग्रता लिएका छन् ।

    हालसम्मको मतगणनाअनुसार प्रभाकरले १९४४ मत पाएका छन् भने उनका टिकटतम प्रतिस्पर्धी नेपका एमालेका उम्मेदवार नन्दराम देवकोटाले ७३४ मत मात्र पाएका छन् ।

    अर्थमन्त्रीसमेत रहेका प्रभाकर २०६४ को संविधानसभा निर्वाचनयता यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । यसपटक पनि प्रभाकरको जित सुनिश्चित रहेको प्रक्षेपण हुने गरेको छ ।

    रोल्पामा वर्षमान पुन ६ हजार १३० मतले अगाडि

    एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले अग्रता फराकिलो पारेका छन् ।


    पछिल्लो मत परिणाम अनुसार पूर्वअर्थमन्त्री पुनले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढालाई दोब्बर बढी मतले पछाडि पारेका छन् ।

    पुनले १० हजार ४३८ मत प्राप्त गरेका छन् । एमालेका बुढाले ४ हजार ३०८ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर ६ हजार १३० रहेको छ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology