Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • ०९:५३:०१ बजे
  • 844
    SHARES
  • समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

    मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ अहिलेसम्म सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएको छ । एमाले हालसम्म २ लाख सात हजार २९९ मत पाएको छ ।

    images

    यस्तै, नेपाली कांग्रेसले १ लाख ८३ हजार ३५२ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९५ हजार ५९८ मत ल्याएर अहिलेसम्म तेस्रो स्थानमा छ ।

    यस्तै, नेकपा माओवादीले ८६ हजार ४३३ मत पाएको छ भने एकीकृत समाजवादीले १० हजार ९१९ मत पाएको छ ।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४९ हजार ७६२, नागरिक उन्मुक्ती पार्टीले ९ हजार ६९३, जसपाले १५ हजार १८, जनमत पार्टी ९ हजार ४६१ मत पाएको छ । मतगणना जारी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology