Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यी हुन् प्रतिनिधिसभामा २३ जना प्रत्यक्षमा निर्वाचित सांसद (सूचीसहित)

यी हुन् प्रतिनिधिसभामा २३ जना प्रत्यक्षमा निर्वाचित सांसद (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १०:१४:०८ बजे
  • 298
    SHARES
  • यी हुन् प्रतिनिधिसभामा २३ जना प्रत्यक्षमा निर्वाचित सांसद (सूचीसहित)

    मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा आउने क्रम जारी छ । बुधबार बिहानसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ जना प्रत्यक्षमा निर्वाचित भएका छन् ।

    images

    पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस १३ सिट जितेर पहिलो दल बनेको छ । नेकपा एमाले ४ सिट जितेर दोस्रो स्थानमा कांग्रेसलाई पछ्याइरहेको छ ।

    यता रवि लामिछाने नेतृत्वको रास्वपाले ४ सिट जितेको छ भने एकीकृत समाजवादी पार्टीले १ सिट जितेको छ । त्यस्तै कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले पनि १ सिट जितेकाे छ ।

     

    नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत अन्य दलले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । यता प्रत्यक्षमा पछि परेको एमाले समानुपातिकमा पहिलो दल बनिरहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ ।

    समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ । माओवादी केन्द्र, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु निकै पछि रहेका छन् ।

    नेपाली कांग्रेस

    १. मुस्ताङ– योगेश शेरचन

    २. मनाङ– टेकबहादुर गुरुङ

    ३. काठमाडौं १ – प्रकाशमान सिंह

    ४. काठमाडौं ३ – सन्तोष चालिसे

    ५. काठमाडौं ४– गगनकुमार थापा

    ६. काठमाडौं ५ – प्रदीप पौडेल–

    ७. रसुवा– मोहन आचार्य–

    ८. ललितपुर १– उदयसमशेर जबरा

    ९. तनहुँ २ – शंकर भण्डारी

    १०. डडेलधुरा– शेरबहादुर देउवा

    ११ं. काठमाडौं–१० राजेन्द्र केसी

    १२. पर्सा–४ रमेश रिजाल

    १३. सुर्खेत-२ हृदयराम थानी

    नेकपा एमाले

    १.उदयपुर २ – अम्बरबहादुर रायमाझी

    २.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

    ३.ललितपुर २– प्रेमबहादुर रायमाझी

    ४. गुल्मी २ – गोकर्ण विष्ट

    राष्ट्रिय स्वतन्त्र पार्टी

    १. काठमाडौं ७ – गणेश पराजुली

    २. काठमाडौं ८– विराजभक्त श्रेष्ठ

    ३. काठमाडौं २– सोविता गौतम

    ४. ललितपुर ३ – तोसिमा कार्की

    नेकपा एकीकृत समाजवादी

    १. अछाम १ –शेरबहादुर कुँवर

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    १. बाँके २ – धवलसमशेर जबरा

    नागरिक उन्मुक्ति पार्टी

    १. कैलाली १– गंगाराम चौधरी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology