Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दार्चुलाको प्रदेश सभामा माओवादीका धामी विजयी

दार्चुलाको प्रदेश सभामा माओवादीका धामी विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १०:१७:४६ बजे
  • 610
    SHARES
  • दार्चुलाको प्रदेश सभामा माओवादीका धामी विजयी

    नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ ।

    images

    दार्चुलाको प्रदेशसभा (२) मा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि रहेका धामी १३ हजार १७१ मतसहित विजयी भएका हुन् ।

    उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।

    धामी २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको साथ पाएर यसै क्षेत्रबाट विजयी भएका थिए । यसपटक उनलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सघाएको थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादीका धामी विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology