Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

"बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने र अण्डकोष झिक्नुपर्छ" - पाकिस्तानी प्रधानमन्त्री

"बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने र अण्डकोष झिक्नुपर्छ" - पाकिस्तानी प्रधानमन्त्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७७ मंगलवार • २०:३९:११ बजे
  • 1.8K
    SHARES
  • "बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने  र अण्डकोष झिक्नुपर्छ" - पाकिस्तानी प्रधानमन्त्री
    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बढ्दो यौनहिंसा रोक्नका लागि बलात्कारीलाई कडा सजाय दिनुपर्ने बताएका छन् ।

    ‘मोटरवे ग्याङ रेप’ले सिंगो मुलुकलाई नै त्रसित बनाएको भन्दै प्रहरीले सार्वजनिक गरेको बलात्कारका उजुरीले आफू स्तब्ध भएको र बलात्कारीलाई कतिसम्म कडा कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने बताएका छन् ।

    उनले यतिसम्म कडा सजायको प्रस्ताव गरेका छन् कि उनले भनेका छन्, बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने अथवा रसायन प्रयोग गरेर ती व्यक्तिका अण्डकोष झिक्नुपर्छ । 

    गत हप्ता मात्रै लाहोर सहरनजिकै कारमा रहेकी महिलालाई सडकमा निकालेर बलात्कार गरिएको घटना सार्वजनिक भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology