Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भीम रावललाई टिकट खोस्नुको परिणाम- अछामको दुवै क्षेत्रमा एमाले पराजित

भीम रावललाई टिकट खोस्नुको परिणाम- अछामको दुवै क्षेत्रमा एमाले पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १९:१५:५६ बजे
  • 1.0K
    SHARES
  • भीम रावललाई टिकट खोस्नुको परिणाम- अछामको दुवै क्षेत्रमा एमाले पराजित

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण नेकपा एमालेले लामो समयदेखि निर्वाचन जित्दै आएको अछामका दुबै क्षेत्र गुमाएको छ ।

    images

    एमालेका प्रभावशाली नेता भीम रावललाई अन्तिम समयमा अध्यक्ष ओलीले टिकट खोसेपछि एमालेले अछामका दुबै क्षेत्र गुमाउने अवस्था बनेको हो ।

    अछाम–१ एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गर्दै एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।

    त्यसैगरी, अछाम–२ मा पनि एमाले पराजित भएको छ । यहाँ एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह निर्वाचित भए ।

    सुदूरपश्चिम प्रदेशमा प्रभाव राख्ने नेता भीम रावल अछाम–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल सिफरिस भएका थिए । तर, आफ्नो आलोचना गरेको भन्दै अध्यक्ष ओलीले रावलको टिकट खासेका थिए ।

    रावलको टिकट खोसिएपछि एमाले अछाममा ठूलो विद्रोह भयो । धेरै नेता कार्यकर्ताले घोषणा गरेरै एमाले त्यागे भने धेरैले अघोषित रुपमा पार्टी केन्द्रको नियर्ण व्यालेबाट अवज्ञा गरेका मतपरिणामबाट पुष्टि भएको छ ।

    अछाममा प्रतिनिधिसभा गुमाएको एमालेले चार वटै प्रदेशसभा समेत गुमाउने भएको छ । तर, प्रदेशसभाको मतपरिणाम आउन बाँकी नै छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology