Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गोरखा-२ मा प्रचण्डको जित निश्चित

गोरखा-२ मा प्रचण्डको जित निश्चित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७९ बुधवार • १९:१७:४३ बजे
  • 298
    SHARES
  • गोरखा-२ मा प्रचण्डको जित निश्चित

    गोरखा क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ ।

    images

    २१ हजार ७५ मत ल्याएर अग्रस्थानमा रहेका प्रचण्डले निकटतम प्रतिस्पर्धीलाई १२ हजार ६ सय १२ मतले पछि पारेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत पाएका छन् ।

    गोरखा-२ मा अब १२ हजार ५७१ मत गणना हुन बाँकी छ । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत ल्याएका छन् । उनी सुरुदेखि नै तेस्रो स्थानमा रहेका छन् ।

    यो निर्वाचन क्षेत्रमा ५३ हजार ९७८ मत खसेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology