Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि, कुन दल कुन स्थानमा ?

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि, कुन दल कुन स्थानमा ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • ०९:४९:२९ बजे
  • 730
    SHARES
  • प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि, कुन दल कुन स्थानमा ?

    प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

    images

    बिहीबार बिहानसम्म प्रत्यक्षतर्फ २५ क्षेत्रमा जित हासिल गरेर पहिलो स्थानमा बढिरहेको कांग्रेसले समानुपातिकतर्फ बिहीबार बिहानसम्म ४ लाख ३२ हजार १०८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ ।

    प्रत्यक्षतर्फ कांग्रेसले ३३ क्षेत्रमा अग्रता लिइरहेको छ । समानुपातिमा नेकपा एमाले पहिलो स्थानमा रहेको छ । हालसम्म एमालेले ४ लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ ।

    प्रत्यक्षतर्फ भने एमाले १४ क्षेत्रमा निर्वाचित हुँदै दोस्रो स्थान रहेको छ । प्रत्यक्षतर्फ एमाले २८ क्षेत्रमा अग्रता लिइरहेको छ । हाल जारी मतगणनाअनुसार तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म दुई लाख ४१ हजार ६८० मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ । यस्तै, ५ क्षेत्रमा अगाडि छ । यस्तै, समानुपातिकतर्फ नेकपा माओवादीले दुई लाख मत कटाउँदै चौथो स्थानमा रहेको छ ।

    माओवादीले बिहीबार बिहानसम्म प्रत्यक्षमा ६ क्षेत्रमा जित हासिल गरेको छ भने १२ क्षेत्रमा अग्रता लिइरहेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले समानुपातिक तर्फ २८ हजार ६५५ मत पाएको छ ।

    यस्तै, प्रत्यक्षतर्फ ५ क्षेत्रमा जित हासिल गरेको छ भने ५ स्थानमा अग्रता लिइरहेको छ । समानुपातितर्फ राप्रपा पाँचौं स्थानमा छ । राप्रपाले अहिलेसम्म एक लाख २६ हजार ७८२ मत प्राप्त गरेको छ ।

    राप्रपाले हालसम्म प्रत्यक्षतर्फ दुई क्षेत्रमा जित हासिल गरेको छ भने ३ क्षेत्रमा अग्रता लिइरहेको छ । आइतबार सम्पन्न निर्वाचनको हाल मत गणना जारी छ ।

  • सम्बन्धित विषय:

  • # प्रत्यक्षमा कांग्रेस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology