Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन विजयी

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १०:५३:१० बजे
  • 469
    SHARES
  • रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन विजयी

    प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुन ‘अनन्त’ फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव पुन ४१ हजार सात सय १४ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरेका छन् । पुन र बुढाबीच २५ हजार दुई सय २९ मतको फराकिलो अन्तर छ ।

    images

    त्यस्तै राप्रपाका लीला रावलले दुई हजार पाँच सय ५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ८ सय तीन  र नेपाल मजदुर किसान पार्टीका नातिभाइ ह्योम्बाले एक सय ५२ मत प्राप्त गरेका छन् । रोल्पामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेकोमा ६७ हजार २१ अर्थात ४६.७ प्रतिशत मतमात्र खसेको थियो । जसमा ६१ हजार सात सय १० मत सदर भएको थियो भने पाँच हजार तीन सय ११ मत बदर भएको मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।

    रोल्पामा २०६४ यताका सबै चुनावमा माओवादी उम्मेदवार विजयी हुँदै आएका छन् । पहिलो संविधानसभा चुनावमा ललितपुर–१ बाट विजयी वर्षमान पुन २०७० मा मोरङ–९ बाट पराजित भएका थिए । त्यसपछि २०७४ मा रोल्पाबाट विजयी पुन रोल्पाबाट दोस्रोपटक विजयी भएका छन् । 

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology