Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभातर्फ ७७ क्षेत्रमा मतगणना सकिँदा एमाले दोस्रो स्थानमा

प्रतिनिधिसभातर्फ ७७ क्षेत्रमा मतगणना सकिँदा एमाले दोस्रो स्थानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १४:३३:३१ बजे
  • 889
    SHARES
  • प्रतिनिधिसभातर्फ ७७ क्षेत्रमा मतगणना सकिँदा एमाले दोस्रो स्थानमा

    प्रतिनिधिसभा सदस्यतर्फ अहिलेसम्म १६५ मध्ये ७७ निर्वाचन क्षेत्रमा मतणना सकिएको छ ।

    images

    तीमध्ये २८ क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ । मत गणना जारी क्षेत्रमा कांग्रेसले २६ क्षेत्रमा अग्रता लिरहेको छ । यस्तै, नेकपा एमालेले अहिले मध्यान्हसम्ममा प्रतिनिधिसभातर्फ १६ क्षेत्रमा निर्वाचित भएको भने ३० क्षेत्रमा अग्रता लिएको छ ।

    यस्तै, नेकपा माओवादी केन्द्रले ८ क्षेत्रमा प्रनिनिधिसभा सदस्यमा विजयी भएको भने ९ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ ।

    अहिलेसम्म नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ ८ क्षेत्रमा विजयी हासिल गरेको छ भने तीन क्षेत्रमा अग्रता लिएको छ ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ६, राप्रपाले २, जसपाले १, लोसपाले २ र राष्ट्रिय उन्मुक्ति पार्टीले १ क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ३, जसपा ५ र नागरिक उन्मुक्ति १ क्षेत्रमा अग्रता लिइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # एमाले दोस्रो स्थानमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology