Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रन्जु दर्शनाको जमानत जफत

रन्जु दर्शनाको जमानत जफत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १४:५४:२४ बजे
  • 409
    SHARES
  • रन्जु दर्शनाको जमानत जफत

    प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना)को जमानत जफत भएको छ । विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

    images

    तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन् । यस क्षेत्रको सदर मत ४४ हजार २४९ छ । यसमा रन्जुले ६०० मत प्राप्त गरेकी हुन् । उनी २०७४ को स्थानीय निर्वाचनबाट चर्चामा आएकी हुन् ।

    उक्त निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । यसपटक प्रतिनिधि सभा सदस्यमा उठ्दा निकै कम मत प्राप्त गरेकी हुन् ।

    निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

    कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ । कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको धरौटीबापत रकम फिर्ता हुँदैन ।

    यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका प्रदीप पौडेलले ३४.४ अर्थात, १५ हजार २५७ मत प्राप्त गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology