नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको आडमा विभिन्न जिल्लामा बुथ कब्जा भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेका छन् ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि प्रतिकृया दिँदै अध्यक्ष ओलीले सत्ताको आडमा सत्तारुढ दलले दोलखा, स्याङ्जा, बाजुरा लगायतका जिल्लाका निर्वाचन क्षेत्रमा बुथ कब्जा भएको भन्दै पुनः निर्वाचन निर्वाचन आयोगसँग माग गरेका हुन् ।
अध्यक्ष ओलीले भने– ‘सत्ताको आडमा दोलखा, स्याङ्जा र बाजुरा लगायतका क्षेत्रमा बुथ कब्जा गर्ने काम भएको छ । यो लोकतन्त्रको मूल्य मान्यताविपरीत छ ।
निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु– जहाँ जहाँ बुथ कब्जा गर्ने काम भयो ति सबै क्षेत्रमा पुनः निर्वाचन गराउनु पर्छ ।’ अध्यक्ष ओलीले पुनः निर्वाचन गराउन माग गरेका सबै जिल्लामा राजनीतिक दलहरुबीच विवाद भएपछि मतगणना सुरु हुन सकेका छैन ।
अध्यक्ष ओलीले सत्ताको आडमा निर्वाचन जित्का लागि मान्छे मार्ने सम्मको काम भएको समेत आरोप लगाएका छन् । लोकतन्त्रमा हुने यस्ता गतिविधि आफ्नो पार्टीले स्वीकार गर्न नसक्ने ओली बताएका छन् ।
निर्वाचनमा धाँधली भयो : ओली
एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप लगाएका छन् ।
झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा परिणाम अपेक्षित नभएको भन्दै निर्वाचन धाँधली भएको बताएका हुन् । उनले भने, ‘यो परिणाम अपेक्षित छैन । धेरै ठाउँमा धाँधली भएको छ । हामी धाँधली भएका ठाउँमा पुनः निर्वाचनको माग गर्छौं ।’
निर्वाचन परिणाप्रति असन्तुष्ट देखिएका ओलीले अब मुलकमा पुनः फोहोरी खेल सुरु भएको जिकिर गरे । ‘पछिल्लो दुई वर्षमा मुलुकमा जस्तो फोहोरी खेल भएको थियो । अब त्यही दोहोरिनेछ, क्षमताको आधारमा जिम्मेवारी दिनेभन्दा टाउको गनेरभन्दा मोलमोलाइ गर्ने समय आएको छ ।’
उनले ५ वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताए । अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।
ओलीले चुनावी परिणामले कुनै पनि दलको वहुमत नदिएकाले भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने बताए ।
निर्वाचन जितेपछि ओलीले भने- देश अस्थिरता र अराजकतातर्फ गयो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देश अस्थिरता र अराजकतातर्फ जाने खतरा रहेको टिप्पणी गरेका छन् ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि प्रतिकृया दिँदै अध्यक्ष ओलीले दलहरुले प्राप्त गरेको मतपरिणामलाई आधार मानेर अब बन्ने संसदमा सुरु देखिनै मोलतोल हुने भएकाले देश अस्थिरतातर्फ जाने टिप्पणी गरेका हुन् ।
सरकार बनाउन कुनै पनि दलले बहुमत प्राप्त नगरेका कारण मिलिजुली सरकार नै बनाउनुपर्ने अवस्था बनेकाले सरकार बनाउने र ढाल्ने गतिविधि तत्काल सुरु हुने भएकाले देश अस्थिरतातर्फ जाने उनको दाबी रहेको छ ।
अध्यक्ष ओलीले भने– ‘दलहरुले प्राप्त गरेको मतपरिणामलाई हेर्दा देश अस्थिरतातर्फ जाने देखिन्छ । अब सरकार बनाउने र गिराउने खेल हुने छ । यसले देश पुनः अस्थिरतातर्फ जाने खतरा देखिन्छ ।’
अध्यक्ष ओलीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्तारुढ दलले सत्ताको दुरुपयोग गरेको समेत आरोप लगाएका छन् ।