Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

३० हजार मतान्तरले जित्ने दाबी गर्ने महेश बस्नेत पराजित

३० हजार मतान्तरले जित्ने दाबी गर्ने महेश बस्नेत पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १७:३८:३३ बजे
  • 469
    SHARES
  • ३० हजार मतान्तरले जित्ने दाबी गर्ने महेश बस्नेत पराजित

    भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।

    images

    सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए ।

    नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् । निर्वाचन अघि बस्नेतले आफू ३० हजार मतान्तरले विजयी हुने दाबी गर्दै आएका थिए ।

    भक्तपुरमा एमालेलाई कम्तिमा ५५ हजार भोट उनले बताउँदै आएका थिए । उनले भनेका थिए– ‘हाम्रो भोट ६० हजार आउछ । कांग्रेस र गठबन्धको भोट २०–२२ हजार हुनुपर्छ । अब गठबन्धन बनेको छ ।

    के के भ्रमणहरु सिर्जना भएको छ भने पनि हाम्रो त्यो ६० बाट ५ हजार घटाइदिउँ ५५ होला । यत, २० लाई ५ बढाइदिउँ २५ होला मेरो विचारमा हामी तेब्बर मतान्तरले जित निकाल्ने छ ।’

    बस्तेनको उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत पराजित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology