चितवन निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पराजित भएका छन् ।
उपाध्यक्ष पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् ।
पाण्डे ढकालसँग ७ हजार ५८१ मतान्तरले पराजित भएका हुन् । उनले २६ हजार ६०८ मत पाएका छन् भने ढकालले ३४ हजार १८९ मत पाएका छन् ।
त्यस्तै, काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे । पाण्डे ७० सालको संविधान सभा सदस्य निर्वाचन र ७४ सालको प्रतिनिधि सभा सदस्य निर्वनचनमा चितवन १ बाटै विजयी भएका थिए ।
१४ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका पौडेल सो पदबाट राजीनामा दिएर उम्मेदवार भएका थिए ।