Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाङमा एमाले पत्तासाप

दाङमा एमाले पत्तासाप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७९ शुक्रवार • १३:५७:०२ बजे
  • 619
    SHARES
  • दाङमा एमाले पत्तासाप

    दाङ जिल्लामा नेकपा एमाले पत्तासाप भएको छ । एमालेले दाङमा कुनै सीट जित्न सकेन । यसअघि एमालेको राम्रो पकड मानिएको दाङ एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला हो । तीन निर्वाचन क्षेत्र रहेको दाङमा यस पटक तीनै क्षेत्रमा सत्ता गठकन्धन विजयी भएको छ ।

    images

    दाङमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमा एमालेलाई हराउँदै गठबन्धनले जित निकालेको हो । यस पटक एमालेका प्रभावशाली नेता मानिएका महासचिव शंकर पोखरेल सयंम दाङ–२ बाट पराजित भएका छन् । उनलाई गठबन्धनका उम्मेदवार नेकपा माओवादीका रेखा शर्माले पराजित गरेका हुन् ।

    माओवादीकी शर्माले २६ हजार ८७७ मत पाउँदा शंकरले २६ हजार ६८१ मत ल्याए । महासचिवको हारसँगै पहिलो शक्ति बन्ने दाबी गर्दै आएको एमालेभित्र सन्नाटा छाएको छ । दाङका प्रतिनिधिसभा र प्रदेशसभा गरी ९ वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका ।

    दाङ–१ मा एमालेका शान्ता चौधरीलाई ५ हजार ८४ मतले पछि पार्दै नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । मेटमणिले २६ हजार ५६३ मत ल्याउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् । यस्तै, दाङ–३ मा एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी भएका छन् ।

    गिरीले ३६ हजार ८४२ मत पाए भने कोमल वलीले २९ हजार ३२ मत पाए । यस्तै, प्रदेशसभातर्फ पनि गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । दाङ–१ प्रदेशसभा ‘१’मा एमालेका गंगाराम भट्टराईलाई हराउँदै माओवादीका इन्द्रजित थारु विजयी भए ।

    प्रदेशसभा ‘ख’मा गठबन्धनका कुलबहादुर केसीलाई हराउँदै कांग्रेसका अनुराग खड्का विजयी भएका छन् । यस्तै, दाङ–२ का प्रदेशसभामा पनि दुवै क्षेत्रमा गठबन्धनले जितेको छ । प्रदेशसभा ‘१’ नेकपा एमालेका बलिभद्र रानालाई हराउँदै कांग्रेस राजु खनाल विजयी भएका छन् भने ‘ख’मा एमालेका गिरिराज केसीलाई पराजित गर्दै कांग्रेसका प्रचण्डविक्रम न्यौपाने गुन्टुले जितेका छन् ।

    यस्तै, दाङ–३ को प्रदेशसभा ‘१’ र ‘२’मा पनि गठबन्धन विजयी भएको छ । प्रदेशसभा ‘१’मा एमालेका घनश्याम पाण्डेलाई पछि पार्दै कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी भएका छन् भने प्रदेशसभा ‘२’ एमालेका हुकुम बस्नेतलाई हराउँदै धनबहादुर ‘मास्की’ विजयी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # दाङमा एमाले पत्तासाप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology