Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादी पार्टीले जित्यो प्रतिनिधिसभामा १० सिट

एकीकृत समाजवादी पार्टीले जित्यो प्रतिनिधिसभामा १० सिट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७९ शुक्रवार • १४:३१:४५ बजे
  • 490
    SHARES
  • एकीकृत समाजवादी पार्टीले जित्यो प्रतिनिधिसभामा १० सिट

    माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ ।

    images

    जारी मतगणनामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकामा १० सिटमा जित दर्ता गराएको छ ।

    अब कतैपनि समाजवादीको अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवार भन्दा पछिपछि रहेका छन् । एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल रौतहट १ बाट विजयी भएका छन् ।

    यस्तै उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे धादिङ १, नेताहरु प्रकाश ज्वाला सल्यान, भानुभक्त जोशी बझाङ, प्रेम बहादुर आले डोटी, मेटमणि चौधरी दाङ १, कृष्ण कुमार श्रेष्ठ (किसन) बारा ४, शेर बहादुर कुँवर अछाम १ अम्मर बहादुर थापा दैलेख १ र धन बहादुर बुढा डोल्पाबाट विजयी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभामा १० सिट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology