Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्कटल्याण्डको सुमद्री तटमा भेटियो आँखा नभएको अचम्मको जीव

स्कटल्याण्डको सुमद्री तटमा भेटियो आँखा नभएको अचम्मको जीव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७९ शुक्रवार • १४:३५:४४ बजे
  • 916
    SHARES
  • स्कटल्याण्डको सुमद्री तटमा भेटियो आँखा नभएको अचम्मको जीव

    स्कटल्याण्डका एक ३३ वर्षीय माइक अरनट २१ नोभेम्बरमा पोर्टोबेलो तटमा घुमिरहेका थिए ।

    images

    तटमा उनले एउटा हरियो रङको विचित्रको जीव देखे । एकदम हरियो एलियन जस्तो । उनले यसको फोटो खिचे । त्यसपछि यसलाई स्कटिश वाइल्डलाइफ ट्रस्टलाई पठाइदिए । यो जीव कस्तो खालको हो भनेर उनी थाहा पाउन चाहन्थे । स्कटिश वाइल्डलाइफ ट्रस्टका विशेषज्ञ पिच हस्केलले यो एक समुद्री मुसा (सी माउस) भएको जानकारी दिए ।

    साधारणतया भूमध्यसागर र अटलान्टिक महासागरमा यो भेटिन्छ । यसका ठूल्ठूला रेशा हुन्छन् । छुँदा निकै नरम हुन्छन् । समुद्री मुसा वास्तवमा एउटा समुद्री किरा हो जुन एफ्रोडिटा जिनससँग सम्बन्धित हुन्छ ।

    यो जिनसको नाम प्राचिन ग्रीसमा प्रेमकी देवी एफ्रोडाइटको नाममा राखिएको छ किनभने यसको आकार महिलाको यौनाङ्गजस्तो देखिन्छ । समुद्री मुसाको लम्बाई ३ देखि ६ इन्चसम्म हुनसक्छ ।

    केही समुद्री मुसा १२ इन्चसम्म बढ्ने गर्छन् । यसको आँखा हुँदैन । आँखा हुने ठाउँमा दुई फिलर्स हुन्छन् । यिनीहरु हिँड्दा कसैले पानीमा प्याडल बोट चलाइरहेको जस्तो भान हुन्छ ।

    समुद्री मुसा हर्माफ्रोडिटिक हुन्छन् अर्थात् भाले र पोथी यौनाङ्ग एकसाथ हुन्छन् । तर एक समुद्री मुसामा निस्कने वीर्य अर्को मुसाको अण्डासँग निषेचित हुन्छन् । यसरी यसले आफ्नो प्रजनन प्रक्रिया पूरा गर्ने गर्छ ।

    यसको शरीरमा काँडाजस्तो निस्केको हुन्छ जसले दुश्मनलाई चेतावनी दिनका लागि हुन्छ । हुन त यो रातो देखिन्छ तर जब यसमा प्रकाश पर्छ वा दुश्मनलाई चेतावनी दिन्छ, त्यतिबेला यसको रङ निलो वा हरियो हुने गर्छ । यो रङको प्रयोग गरेर आफूलाई जोगाउने एउटा तरिका हो ।

    समुद्री मुसा साधारणतया स्केवेन्जर्स हुन्छन् । अर्थात्, यसले समुद्रमा मरेका साना जीव खाने गर्छन् । वा स–साना गँगटो वा आफ्नै प्रजातिका किराको शिकार गर्छन् । यिनीहरु खतरनाक शिकारी हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology