Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुजाता कोइराला पराजित

सुजाता कोइराला पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७९ शुक्रवार • २१:१४:१२ बजे
  • 535
    SHARES
  • सुजाता कोइराला पराजित

    मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेस नेता सुजाता कोइराला पराजित भएका छन् ।

    images

    उनी नेकपा एमालेका क्रषिकेश पोखरेलसँग १ हजार २०८ मतान्तरले पराजित भएका हुन् । पोखरेल ३३१४८ मत ल्याएर वजियी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाएकी छन् ।

    सुजाताका पिता समेत रहेका स्व गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्री भएका थिए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पाखरेल यसअघि २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए ।

    पोखरेल २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए । कांग्रेसले यसपटक रिजाललाई टिकट नदिएर सुजातालाई अगाडि सारेको थियो ।

    पोखरेल २०४२ सालमा कसेनीस्थित मार्क्सवादी अध्ययन केन्द्रको सदस्य भएर विद्यालयकालमा नै राजनीति सुरु गरेका हुन् । २०५४ सालमा उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएका थिए ।

    उनले अनेरास्ववियुको सचिवालय सदस्यको जिम्मेवारीसमेत पाएका थिए । २०४७ मा एमालेको जिल्ला कमिटी सदस्यबाट पार्टी राजनीति सुरु गरेका उनी अहिले दोस्रो कार्यकाल जिल्ला अध्यक्ष छन् ।

  • सम्बन्धित विषय:

  • # सुजाता कोइराला पराजित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology