Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ !

अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १०:५६:५९ बजे
  • 784
    SHARES
  • अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको फोटो ‘फेक’ !

    सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ ।

    images

    ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ । अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो ।

    फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन भन्नेमा समेत शंका रहेको छ । फ्याक्ट चेकमा उल्लेख गरिएको छ, ‘सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवाको केही सटहरू भेट्टाउन भाग्यशाली हुन पनि सक्छिन् ।

    हिमालयमा वर्षौं बिताए पनि केही मानिसहरूले मुस्किलले झुलुक्क मात्रै देख्नपनि सक्छ । तर समस्या तस्वीररूको प्रकृतिमा छ । तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ । अर्को शब्दमा, तिनीहरूको सत्यतामा छ ।

    समस्या तस्वीरहरूको प्रकृति, तिनीहरूको संरचना, प्रकाश, तिनीहरूको स्थानमा छ। अर्को शब्दमा, तिनीहरूको सत्यतामा समस्यमा छ ।’ उक्त रिर्पोटका अनुसार पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै सिर्जना गरिएको हो ।

    उक्त म्यागेजिनले फोटोग्राफरको सामाजिक सञ्जाल (इन्स्ट्राग्राम)मा पनि शंका गरेको छ । ‘फोटोग्राफरको इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फेाटो छन्, जसमा ४ वटा हिउँ चितुवाको छ र एउटा उनको छ । अरु ग्यालरी किन देखिएन ?’ म्यागेजिनले प्रश्न गरेको छ । फ्याक्ट चेकले दाबी गर्दै लेखेको छ, ‘पावलोव्स्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ । उनले त्यही विज्ञता प्रयोग गरेकी हुन् ।

    ‘ हिउँ चितुवाको फोटो सार्वजनिक भएसँगै नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत उक्त तस्वीर प्रकाशित भएको थियो । उक्त फोटोहरु नेपालमा भाइरल भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology