Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिकमा घण्टीको अग्रता तोड्दै माओवादी तेस्रोमा उक्लियो

समानुपातिकमा घण्टीको अग्रता तोड्दै माओवादी तेस्रोमा उक्लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १२:४७:५२ बजे
  • 1.0K
    SHARES
  • समानुपातिकमा घण्टीको अग्रता तोड्दै माओवादी तेस्रोमा उक्लियो

    समानुपातिक मतमा घण्टीको अग्रता तोड्दै माओवादी अघि बढेको छ ।

    images

    पछिल्लो अपडेट अनुसार माआवादीले ८ लाख मत कटाउँदा रास्वपाको ७ लाख ९९ हजार रहेको छ ।

    निर्वाचन आयोगको तथ्याङ्क अनुसार मध्यान्न १२ सम्म नेकपा (माओवादी केन्द्र)ले आठ लाख १ हजार ३७९ मत प्राप्त गरेर तेस्रो स्थानमा उक्लिएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९९ हजार सात ८२ मत प्राप्त गरेर माओवादी भन्दा पछाडि परेको छ।

     

    पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित !


    नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ । पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ । 

     

    माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ । महोत्तरी(१ मा गिरीराजमणि पोखरेल र सर्लाही(२ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन् ।


    माओवादीले जितेका निर्वाचन क्षेत्र यी हुन् 


    माओवादीले खोटाङ-१ मा जितेको छ । खोटाङ-१ बाट रामकुमार राई निर्वाचित भएका छन् । भोजपुरमा सुदन किँराती, मोरङ-४ बाट अमनलाल मोदी, काभ्रे-१ बाट सूर्यमान तामाङ, नुवाकोट-१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक-१ बाट माधव सापकोटा र सिन्धुली(२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् ।


    त्यस्तै, गोरखा-२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ-२ बाट देवेन्द्र पौडेल, दाङ-२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा विजयी भएका छन् ।

    सुदूरपश्चिममा निल बन्यो माओवादी


    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ ।  सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

    कैलाली-२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर-१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology