Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नेतर्फ अग्रसर

एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नेतर्फ अग्रसर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १४:४१:३२ बजे
  • 769
    SHARES
  • एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नेतर्फ अग्रसर

    नेकपा (एकीकृत समाजवादी) समानुपातिकमा ३ प्रतिशत मत पाएर राष्ट्रिय पार्टी बन्नेतर्फ अग्रसर भएको छ।

    images

    प्रतिनिधि सभामा १० वटा सिटमा जित निकालिसकेको एकीकृत समाजवादीले पछिल्लो समय समानुपातिकमा पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने देखिएको हो। समानुपातिकतर्फको मतगणनामा सुरूमा निकै पछि परेको एकीकृत समाजवादीले शनिबार बिहानसम्म ६७ लाख २२ हजार ५५२ मत गणना हुँदा भने १ लाख ६७ हजार ६९१ अर्थात् २.४९ प्रतिशतभन्दा बढी मत पाएको छ।

    ९ लाख ५ हजार ७ सय ५५ मत गणना हुँदा एकीकृत समाजवादीलेले १.५८ प्रतिशत् अर्थात १४ हजार ३ सय ७३ मत मात्र पाएको थियो। १९ लाख १२ हजार ७ सय ७२ सदर मत गणना हुँदा एकीकृत समाजवादीले ३२६८५ अर्थात् १.७० प्रतिशत मत पाएको थियो।

    अहिलेसम्म ३२ लाख १३ हजार मतगणना हुँदा एकीकृत समाजवादीले १.८ प्रतिशत मत पाएको थियो। ४८ लाख ६१ हजार ९१ मत गणना हुँदा १ लाख मत कटाएको एकीकृत समाजावादीले पछिल्लो समय १९ लाख मत गणनामा ६७ हजार मत आफ्नो पक्षमा पारेको देखिन्छ।

    यो ट्रेन्ड हेर्दा देशभरिको मतगणना हुँदा एकीकृत समाजवादीले मत बढाउँदै लगेको देखिन्छ। प्रत्यक्षतर्फ पनि सहरमाभन्दा सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा धेरै सिट जितेको एकीकृत समाजवादीको मत अहिलेकै ट्रेन्डमा बढ्दै गए राष्ट्रिय पार्टी बन्ने देखिन्छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology