Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १४:४४:४८ बजे
  • 547
    SHARES
  • प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्षबीच भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

    सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ ।

    प्राप्त मतपरिणामअनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ३९ र माओवादी केन्द्र १३ स्थानमा विजयी भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology