Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मलाई हराउन धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

मलाई हराउन धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १५:०२:२५ बजे
  • 859
    SHARES
  • मलाई हराउन धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

    नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् ।

    images

    एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागिपरेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ । इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए ।

    ‘झन्डै ५ सय मत गायव भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ’, शुक्रबारको विवादबारे उनले भने, ‘यहाँभित्र षड्यन्त्रहरु धेरै छन् । यो भनेको धाँधली हो ।

    यस्तो धाँधलीपूर्ण निर्वाचन हामी मान्दैनौँ ।’ उनले इलाम १ मा पुनः निर्वाचन गर्नुपर्ने आफूहरूको माग गरेको बताए । तर, त्यो मागलाई सम्बोधन नगरिएको खनालको गुनासो छ । ‘यो कुरा माथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयासँग पनि गरेका छौँ । तर, हामीले नमान्दा नमान्दै पनि गणना कन्टिन्यु गर्न भनेर माथिबाट निर्देशन आएछ’, उनले भने, ‘यसपछि हामीले के निर्णय गर्यौँ भने यो ढंगको मतगणनालाई कन्टिन्यु गर्ने कुरामा सहमति छैन ।’

    उनले असहमितका बीच जारी मतगणनामा आफ्नो प्रतिनिधिको उपस्थिति रहेको तर कुनै पनि प्रक्रियामा स्वीकृति, सहमति वा हस्ताक्षर भने नगरेको बताए । ‘क्षेत्र नम्बर १ को पुनः मतदान हुनुपर्छ ।

    आज फेरि ६ वटा बाकसको गनियो । ६ वटा मुचुल्कामा रहेको मत भन्दा २६६ मत बढी देखिएको छ । यस्तो भएपछि फेरि एउटा निवेदन दिँदैछौँ । यो चाहिँ हामी मान्दैनौँ ।

    कसले गर्यो यहाँ भन्दा माथिदेखि कर्मचारीसम्मै सेटिङ भएको छ ।’ उनले आफूलाई हराउन ८ करोड भन्दा बढी पैसा बाँडिएको कुरा आइरहेको पनि बताए । एमाले अध्यक्ष केपी ओलीसहित देशी विदेशी शक्ति आफ्नो राष्ट्रवादी अडानबाट चोट पाएर हराउन मैदानमा आएको उनको आरोप छ ।

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology