Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, अरु दलको मत कति ?

समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, अरु दलको मत कति ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १५:३९:५१ बजे
  • 1.2K
    SHARES
  • समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, अरु दलको मत कति ?

    प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ ।

    images

    समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ ।

    एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ । यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत प्राप्त गरेको छ ।

    तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५ मत पाएको छ ।

    पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४१ हजार ९६९, छैटौं स्थानमा रहेको जसपा नेपालले २ लाख ३८ हजार ८८७ मत र सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले एक लाख ८६ हजार १०८ मत पाएको छ ।

    आठौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले एक लाख ६९ हजार ५०५, नवौं स्थानमा रहेको जनमत पार्टीले एक लाख ६६ हजार ३७० र दशौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १०२ मत पाएको छ ।

  • सम्बन्धित विषय:

  • # समानुपातिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology