Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिकतर्फ ९ लाख पुर्‍याउन लागेको माओवादीले कुन प्रदेशबाट कति मत पायो ?

समानुपातिकतर्फ ९ लाख पुर्‍याउन लागेको माओवादीले कुन प्रदेशबाट कति मत पायो ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १८:१७:२९ बजे
  • 1.4K
    SHARES
  • समानुपातिकतर्फ ९ लाख पुर्‍याउन लागेको माओवादीले कुन प्रदेशबाट कति मत पायो ?

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

    images

    प्रत्यक्षतर्फको गणना सुरु नभएका बाहेक अब धेरै ठाउँको गणना बाँकी छैन । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको गगणना पनि तीव्र गतिमा भइरहेको छ ।

    समानुपातिक तर्फको जारी गणनामा नेकपा माओवादी केन्द्र अहिलेसम्म तेस्रो स्थानमा छ । माओवादीले अहिलेसम्म ८ लाख ७२ हजार ७७५ मत पाइको छ ।

    माओवादीले समानुपातिकतर्फ प्रतिनिधिसभातर्फ प्रदेश १ मा ४० हजार ३०८ मत पाएको । यहाँ माओवादी तेस्रो स्थानमा रहेको छ । त्यस्तै, मधेस प्रदेशमा माओवादीले ९० हजार ३१३ मत मात्र पाएको छ ।

    यहाँ पनि माओवादी तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, माओवादीले बाग्मती प्रदेशमा १ लाख ७७ हजार १९० मत पाएको छ । यहाँ पनि माओवादी चौथौं स्थानमा छ ।

    माओवादीले हालसम्म गण्डकी प्रदेशमा १ लाख ३ हजार ६५३ मत पाएको छ भने लुम्बिनीमा १ लाख ६४ हजार ७७० मत पाएको छ । यी दुबै प्रदेशमा माओवादी तेस्रो स्थानामा रहेको छ ।

    त्यसैगरी, माओवादीले कर्णाली प्रदेशमा १ लाख १७ हजार १२९ मत पाएको छ । यहाँ पनि माओवादीले दोस्रो स्थानमा रहेको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा माओवादी ९३ हजार ४७३ मत पाएको छ । यहाँ पनि माओवादी तेस्रो स्थानमा रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology