Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हुम्लामा एमाले ‘क्लिन स्वीप’

हुम्लामा एमाले ‘क्लिन स्वीप’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १८:४७:२६ बजे
  • 529
    SHARES
  • हुम्लामा एमाले ‘क्लिन स्वीप’

    हुम्ला । एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजय भएको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएको छ ।

    images

    उनका प्रतिस्पर्धी नेकपा एमालेका दल रावल थिए । लामाले १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी रावलले नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भए ।

    राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका थिए । यसपटक हुम्लामा पाँच सय २४ मत बदर भएको थियो ।

    प्रदेशमा पनि गठबन्धनका विजयी

    हुम्ला प्रदेश (१) बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी भएका छन् । परियारले छ हजार चार सय ८१ मत प्राप्त गर्दा मङ्गलबहादुर शाहीले चार हजार छ सय ३० मत प्राप्त गरे ।

    यस्तै एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने एकीकृत समाजवादीका हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे । यस्तै हुम्ला प्रदेश (२) बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन् ।

    उनले एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गरे । शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका छक्कबहादुर लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरेका छन् ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नैनसिंह रावतले ९८ मत प्राप्त गर्दा जनता समाजवादी (जसपा)का बलिराज शाहीले ४१ र तिर चुनाव चिह्नका सुमन रावतले २१ मत प्राप्त गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology