Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिकतर्फ ७६ लाख मत गनियो, कुन दलले कति मत पाए ?

समानुपातिकतर्फ ७६ लाख मत गनियो, कुन दलले कति मत पाए ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १९:०८:४६ बजे
  • 1.4K
    SHARES
  • समानुपातिकतर्फ ७६ लाख मत गनियो, कुन दलले कति मत पाए ?

    निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ  उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो । 
        
    समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । त्यसमा सबैभन्दा बढी नेकपा(एमाले)ले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार छ सय २५ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले आठ लाख ९१ हजार आठ सय आठ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ५४ हजार आठ सय ७१ मत प्राप्त गरेको छ । 

    images

     

        राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ५८ हजार चार सय ५९ मत, जनता समाजवादी पार्टीले दुई लाख ४८ हजार नौ सय ६८ मत, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ९३ हजार नौ सय ६४ मत, जनमत पार्टीले एक लाख ७८ हजार दुई सय ३२ मत, नागरिक उन्मुक्ति पार्टीले एक लाख ७५ हजार आठ सय ५९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख चार हजार तीन सय ४९ मत, नेपाल मजदुर किसान पार्टीले ६८ हजार तीन सय आठ मत प्राप्त गरेका छन् । 


    अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार एक सय ५९ मत प्राप्त गरेका छन् । यही मङ्सिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कूल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो ।  

     निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कुन दलले कति मत पाए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology