Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिकतर्फ माओवादीले ९ लाख कटायो

समानुपातिकतर्फ माओवादीले ९ लाख कटायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७९ शनिवार • १९:३४:१८ बजे
  • 808
    SHARES
  • समानुपातिकतर्फ माओवादीले ९ लाख कटायो

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

    images

    प्रत्यक्षतर्फको गणना सुरु नभएका बाहेक अब धेरै ठाउँको गणना बाँकी छैन । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फको गगणना पनि तीव्र गतिमा भइरहेको छ ।

    समानुपातिकतर्फको जारी गणनामा नेकपा माओवादी केन्द्र ९ भन्दा धेरै मत पाउँदै तेस्रो स्थान कायम गरेको छ । माओवादीले अहिलेसम्म ९ लाख ८ हजार ८४० मत पाइको छ ।

    माओवादीले समानुपातिकतर्फ प्रतिनिधिसभातर्फ प्रदेश १ मा ४८ हजार ६४६ मत पाएको । यहाँ माओवादी तेस्रो स्थानमा रहेको छ । त्यस्तै, मधेस प्रदेशमा माओवादीले ९३ हजार ५१९ मत मात्र पाएको छ ।

    यहाँ पनि माओवादी तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, माओवादीले बाग्मती प्रदेशमा १ लाख ७७ हजार ७०५ मत पाएको छ । यहाँ पनि माओवादी चौथौं स्थानमा छ ।

    माओवादीले हालसम्म गण्डकी प्रदेशमा १ लाख ५ हजार ३५५ मत पाएको छ भने लुम्बिनीमा १ लाख ५६ हजार ९६७ मत पाएको छ । यी दुबै प्रदेशमा पनि माओवादी तेस्रो स्थानामा रहेको छ ।

    त्यसैगरी, माओवादीले कर्णाली प्रदेशमा १ लाख २९ हजार ४३ मत पाएको छ । यहाँ पनि माओवादीले दोस्रो स्थानमा रहेको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा माओवादी ९५ हजार ८५० मत पाएको छ ।

    यहाँ पनि माओवादी तेस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # माओवादीले ९ लाख कटायो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology