Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिक मत: एमालेको २३ लाख नाघ्यो, ६ दलले ३ प्रतिशत कटाए

समानुपातिक मत: एमालेको २३ लाख नाघ्यो, ६ दलले ३ प्रतिशत कटाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७९ आइतवार • ०९:४४:३२ बजे
  • 853
    SHARES
  • समानुपातिक मत: एमालेको २३ लाख नाघ्यो, ६ दलले ३ प्रतिशत कटाए

    प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ।

    images

    प्रत्यक्षतर्फ १६५ मध्ये १५६ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ। यता प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ ।

    एमालेको २३ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ। निर्वाचन आयोगको बिहान ९ बजेको तथ्यांक अनुसार एमालेले २३ लाख ८९६ मत प्राप्त गरेको छ। कांग्रेसले २२ लाख १ हजार ७९४ मत पाएर दोस्रो स्थानमा छ ।

    समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र) ले ९ लाख ६५ हजार ३४५ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७ सय ६० मत प्राप्त गरेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७, जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७, नेकपा (एकीकृत समाजवादी) ले २ लाख २० हजार ५२८ मत प्राप्त गरेको छ।

  • सम्बन्धित विषय:

  • # समानुपातिक मत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology