Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोल्पाको सुन्तलाले बजार पाएन

रोल्पाको सुन्तलाले बजार पाएन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७९ आइतवार • १४:०७:०३ बजे
  • 1.1K
    SHARES
  • रोल्पाको सुन्तलाले बजार पाएन

    रोल्पा नगरपालिका १० धवाङकी शर्मिला महरा हरेक दिन डोकोमा सुन्तला बोकेर बिक्री गर्न सदरमुकाम आउँछिन । घरबाट सदरमुकाम आउन उनलाई करिब तीन घण्टा लाग्छ । दिनभरी सुन्तला बेचेर बेलुका घर फर्कंदा २ घण्टा पैदल हिँड्नु पर्छ । दैनिक आवतजावतमा ५ घण्टा खर्चेर सुन्तला बिक्री गर्ने उनको सुन्तलाले उचित बजार पाउँदैन ।

    images

    शर्मिला जस्तै अचेल रोल्पा सदरमुकाम लिवाङमा डोकामा सुन्तला राखेर बिक्री गर्ने कृषकको संख्या उल्लेख रहने गर्छ । ९ वर्षका बालबालिकादेखि ७० वर्षका ज्येष्ठ नागरिक घण्टौं पैदल यात्रा गरि सुन्तला बिक्री गर्न जिल्ला सदरमुकाम आउने गर्छन् । कात्तिकदेखि पुस महिनासम्म यसैगरि सुन्तला बिक्री गर्छन् । यो उनीहरुको पुस्तैनी पेसा हो ।

    रोल्पा नगरपालिका वडा नंं १० भुम, भनभने, साउने पानीलगायतका क्षेत्रका किसानहरुको जीविकोपार्जनको मुख्य आधार नै सुन्तला भए पनि यसले उचित बजार नपाउँदा कृषकहरु निरास हुने गरेका छन् । ती क्षेत्रमा सघन सुन्तला खेती भए पनि जिल्लाका अन्य क्षेत्रमा पनि सुन्तला खेती हुने गर्दछ । बिक्री वितरणका लागि केही सुन्तला जिल्ला बाहिर जाने भए पनि ठूलो मात्राको सुन्तला जिल्ला सदरमुकाम लिवाङवाटै बिक्री गर्दछन् ।

    ‘जिल्ला बाहिर पठाउने पहुँच नहुँदा जिल्लामै सस्तो भाउमा सुन्तला बिक्री गर्न बाध्य छौं,’ कृषक रेखा विकले भनिन् । सुन्तलाको बजार व्यवस्थापनमा स्थानीय सरकारले ध्यान नदिदा दुःख कष्ट गरेर सस्तो मूल्यमा यतै बिक्री गर्न बाध्य भएको उनको भनाइ छ ।

    चुनावको बेला किसानको समस्या हल गर्ने ठूलठूला आवश्वासन दिए पनि चुनाव सहिएपछि कसैले नहेर्ने गरेको अर्की कृषक शर्मिला महराको गुनासो छ । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा कोल्ड स्टोर बनाउने भनी भोट मागेका नेताहरुले यसपालि पनि त्यही कुरा दोहोर्‍याए तर कोल्ड स्टोर बनाउने तर्फ कसैको ध्यान नदिएको महराले बताइन् । सुन्तलाको सुरक्षित भण्डारणका लागि कोल्ड स्टोर जरुरी रहेको उनको भनाइ छ ।

    मेहनत गरेर फलाएको सन्तलाको नत भण्डारणको सुविधा छ न त जिल्ला बाहिर निर्यात गर्ने व्यवस्था । कडा परिश्रम गरेर बजार ल्याएको सुन्तलाको उचित मूल्य र बजार व्यवस्थापनको काममा स्थानीय सरकारले सहयोग गर्नु पर्ने कृषकहरुको माग छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology