Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी

माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७९ आइतवार • १६:४४:२४ बजे
  • 253
    SHARES
  • माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी

    नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो ।

    images

    त्यस्तै सोही समयमा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ ।

    त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौ पार्टी बनेको छ ।

    समानुपातिकतर्फ नै जसपाले ३ लाख कताएर छैठौं, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । ​समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।

    समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology