Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विप्लव समूहले घोडाघोडी नगरपालिकामा लगायो ताला

विप्लव समूहले घोडाघोडी नगरपालिकामा लगायो ताला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७९ आइतवार • १६:५१:४१ बजे
  • 463
    SHARES
  • विप्लव समूहले घोडाघोडी नगरपालिकामा लगायो ताला

    नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ ।

    images

    नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासिन भएको लगायतका आरोप लगाउँदै तालाबन्दी गरिएको उक्त पार्टीका घोडाघोडी नगर समितिका इन्चार्ज भरत र सचिव अर्जुनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीले टेबुल र कम्प्युटर तोडफोड गरेको, ढुंगा, बालुवा उत्खननमा विना मापदण्ड ओसार पसार गर्न दिएको र पैसा असुल गरेको आरोप पनि लगाएका छन् ।

    शनिबार नगर कार्यपालिका बैठक चलिरहेका बेला नेकपाका कार्यकर्ताले तालाबन्दी गर्दा कर्मचारी र जनप्रतिनिधि थुनिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी लक्ष्मण शाहीले बताए ।

  • सम्बन्धित विषय:

  • # विप्लव समूह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology