Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीका अधिकांश पदाधिकारी पराजित

माओवादीका अधिकांश पदाधिकारी पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७९ सोमवार • ०९:५१:२७ बजे
  • 604
    SHARES
  • माओवादीका अधिकांश पदाधिकारी पराजित

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ मध्ये अधिकांश पदाधिकारी पराजित भएका छन् ।

    images

    मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट उम्मेदवार बनेका १० मध्ये ४ जना पदाधिकारी मात्रैले संसदीय यात्रा तय गरेका हुन् । केही पदाधिकारी उम्मेदवार नै बनेनन् भने उम्मेदवार भएका पनि अधिकांश पराजित हुनुपरेको छ ।

    हालसम्म निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत छन् ।

    सात जना उपमहासचिवमध्ये गिरिराजमणि पोखरेल महोत्तरी–१, मातृका यादव धनुषा–१, पम्फा भुसाल ललितपुर–३ बाट पराजित भए ।

    उपमहासचिव हरिबोल गजुरेल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा यसपटकको निर्वाचनमा उम्मेदवार नै बनेनन् ।

    महासचिव देवप्रसाद गुरुङ लमजुङबाट पराजित भए । नौ जना सचिवमध्ये देवेन्द्र पौडेल बागलुङ–२ बाट निर्वाचित भए ।

    सचिव चक्रपाणि खनाल कपिलवस्तु–१ बाट पराजित भए भने अन्य सचिवहरू गणेश साह, दिनानाथ शर्मा, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य उम्मेदवार नै बनेका थिएनन् ।

  • सम्बन्धित विषय:

  • # माओवादीका अधिकांश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology