Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुनसरी १ मा एमाले-जसपा गठबन्धनकाे ‘क्लिन स्वीप’

सुनसरी १ मा एमाले-जसपा गठबन्धनकाे ‘क्लिन स्वीप’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७९ सोमवार • ०९:५४:१५ बजे
  • 487
    SHARES
  • सुनसरी १ मा एमाले-जसपा गठबन्धनकाे ‘क्लिन स्वीप’

    सुनसरी क्षेत्र नम्बर १ मा एमाले–जसपा गठबन्धनले क्लिनस्वीप गरेको छ । सोमबार बिहान सकिएको मतगणनाअनुसार प्रतिनिधिसभामा जसपा र प्रदेशसभा क र ख दुबैमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

    images

    एमालेको समर्थनमा जसपाका नेता अशोक राईले प्रत्यक्षमा निर्वाचन जित्दा प्रदेशका दुवै सीटमा एमाले उम्मेदवार विजयी बनेका हुन् ।

    यसपटक सुनसरी १ (१) मा एमालेका रमेश बस्नेत विजयी भए । उनले नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापालाई पराजित गरे । बस्नेतले १११०२ मत ल्याउँदा थापाले ९७५२ पाए ।

    यी दुईजना ससुराज्वाइँसमेत हुन् । प्रदेश सभा १ (२) मा एमालेका विजय राई निर्वाचित भएका छन् । उनले १२५६५ मत ल्याउँदा निकटतम प्रतिद्धन्दी राप्रपाका अनिश ढकालले ७४८२ मत ल्याए ।

    कांग्रेसका बागी रोहित सुब्बा ६८३९ मत पाएर तेस्रो बने । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका रेवतीरमण राईले ४९८८ मत पाए । रेवती र विजयबीच पनि पारिवारिक नाता छ ।

    २०७४ मा सुनसरीमा सुनसरीको प्रतिनिधिसभा र प्रदेशसभाका दुवै गरी तीनवटै सीटमा जितेर एमालेले क्लिनस्वीप गरेको थियो ।

    त्यसताका एमालेका जयकुमार राईले ४४ हजार मत ल्याएर जितेका थिए भने अशोकले करिब आधा २२ हजार ल्याएका थिए ।प्रदेशसभा क्षेत्र १ बाट प्रदीप भण्डारी र २ बाट भीम आचार्य विजयी भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology