Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिक मतगणनामा माओवादीले घण्टीलाई फेरि उछिन्यो, आठौँ स्थानमा एकीकृत समाजवादी

समानुपातिक मतगणनामा माओवादीले घण्टीलाई फेरि उछिन्यो, आठौँ स्थानमा एकीकृत समाजवादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०७९ सोमवार • १२:४४:२९ बजे
  • 1.1K
    SHARES
  • समानुपातिक मतगणनामा माओवादीले घण्टीलाई फेरि उछिन्यो, आठौँ स्थानमा एकीकृत समाजवादी

    प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ । जारी मतगणनामा घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ ।

    images

    यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो । माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ मत पाउँदा घण्टीले १० लाख ६३ हजार ८३१ मत पाएको छ ।

    यस्तै थ्रेस होल्ड कटाउनका लागि संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टी आठौं स्थानमा छ । समाजवादीले जम्मा २ लाख ५२ हजार मत पाउँदा उसलाई उछिन्दै जनमत पार्टीले २ लाख ६२ हजार मत पाएको छ ।

    यस्तै पहिलो स्थानमा भने एमाले कायमै छ । एमालेले २५ लाख ३४ हजार मत पाउँदा कांग्रेसले २४ लाख ३०७ मत पाएर पछ्याइरहेको छ।

    यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४५ हजार मत पाएको छ । यस्तै नवौँ स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ भने दशौँमा लोसपा रहेको छ । यी दुई पार्टीले क्रमशः २ लाख ३७ हजार र १ लाख २७ हजार मत पाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology