Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घरजग्गा कारोबारमा कडाइले राजस्वमा धक्का

घरजग्गा कारोबारमा कडाइले राजस्वमा धक्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७९ बिहिवार • ०९:१६:२६ बजे
  • 589
    SHARES
  • घरजग्गा कारोबारमा कडाइले राजस्वमा धक्का

    सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै मन्दीको प्रत्यक्ष असर राजस्व संकलनमा समेत परेको छ ।

    images

    गत वर्ष कात्तिकमा घरजग्गा कारोबारबाट ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार राजस्व संकलन भएकोमा चालँ आर्थिक कात्तिकमा अढाइ अर्ब राजस्व घटेको छ ।

    भूमि व्यवस्था तथा अभिलेखन विभागका अनुसार गत कात्तिकमा ३ अर्ब ७६ लाख २५ हजार ९ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ ।

    गत वर्ष असोजमा देशभरको घरजग्गा कारोबारबाट ७ अर्ब ३३ करोड २१ लाख राजस्व संकलन भएको थियो । तर, चालू आव गत असोजमा २ अर्ब ५६ करोड ९३ लाख राजस्व उठेको पाइएको छ । विभागका अनुसार कात्तिकमा ७६ हजार ५ सय ६२ घरजग्गा कारोबार भएको छ ।

    गत वर्ष कात्तिकमा १ लाख ३४ हजार ५ सय ४९ मा कारोबार भएको थियो । कात्तिकमा कारोबार घटेसँगै राजस्व संकलनमा समेत असर परेको छ ।

    यसैगरी, गत असोजमा ७४ हजार ८ सय ५० घरजग्गा कारोबार भएको थियो । जुन गत अघिल्लो असोजको तुलनामा कम हो । अघिल्लो असोजमा १ लाख ६८ हजार ६ सय ९ घरजग्गा कारोबार भएको थियो । याे खबर राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # राजस्वमा धक्का
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology