Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने

नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७७ बुधवार • १६:२०:३२ बजे
  • 1.3K
    SHARES
  • नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो सम्पन्न भेटवार्तामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको सहमति अनुसार शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा नेकपा सचिवालय बैठक बस्नेछ ।

    images
     

    नेकपा सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तयारी भएको बालुवाटार स्रोतले नजाएको छ । अध्यक्षद्वयबीच पार्टी एकताका बाँकी काम टुंगो लगाउनेगरी छलफल भएको छ ।

    सचिवालय बैठकमा पार्टीको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्ताव कार्यान्वयनका विषयमा छलफल हुनेछ । सचिवालयका अधिकांश बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमै बस्दै आएका थिए । 

    पार्टी एकताको घोषणासँगै दुबै अध्यक्षको कार्यकक्ष पेरिसडाँडामा पनि रहे पनि त्यसपछि औपचारिक बैठकहरु बस्न सकेको थिए । केही औपचारिक बैठक धुम्बाराहीमा बसे पनि पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यक्रमहरु हुँदै आएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology