Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा “निरेम सांगीतिक उत्सव २०२३” फेब्रुअरी १० मा हुने

कुवेतमा “निरेम सांगीतिक उत्सव २०२३” फेब्रुअरी १० मा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर १५, २०७९ बिहिवार • २२:०९:१२ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा “निरेम सांगीतिक उत्सव २०२३” फेब्रुअरी १० मा हुने

    निरेम प्रोडक्सन कुवेतले “निरेम सांगीतिक उत्सव २०२३” आयोजना गर्ने भएको छ । फेब्रुअरी १० तारिक शुक्रवारका दिन आयोजना हुने उत्सवलाई TVS travels and corgo ले मुख्य प्रायोजन गर्ने भएको छ ।   

    images

      निरेम प्रोडक्सन कुवेत टिम र Dr S.M. Hyder Ali DPE USA, Chairman of Tvs Hyder Group को हिजो बसेको बैठक उक्त सांगीतिक उत्सवको लागी सम्झौता गरेको हो ।

    सातौ वार्षिक उत्वस तथा ( Valentine’s Day ) प्रेम दिवसको अवसरमा नेपालका राष्ट्रिय अतिथि कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको बताउदै संयोजक प्रेम जिमिले आफ्नो टिम कलाकार छनोटमा लागि सकेको हुदा छिट्टै नै कार्यक्रम हुने स्थान सहित पोस्टर सार्वजनिक गर्ने बताएका छन ।

    साथै कुवेतमा कृयाशिल संघ सस्था , भात्रिसंगठन , मिडिया हाउस,व्यावसायिक , समाजसेवि , बुद्दिजिवि , पत्रकार , कलाकार, लगायत सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनमा कुनै पनि कार्यक्रम नजुधाउनको लागि हार्दिक अपिलसमेत गरेका छन ।

    निरेम ग्रुप अफ कम्पनि अन्तरगत रहेको निरेम प्रोडक्सन कुवेतमा मिडियाको क्षेत्रमा ७ बर्षदेखि कृयाशिल  रहदै प्रवासमा परोपकारी पत्रकारीता सगै मल्टिमिडिया सम्बन्धी कार्य गर्दै आएको  छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology