Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिक मतगणना अन्तिम चरणमा, कुन कुन पार्टी राष्ट्रिय दल बन्दैछन् ?

समानुपातिक मतगणना अन्तिम चरणमा, कुन कुन पार्टी राष्ट्रिय दल बन्दैछन् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७९ शनिवार • १५:२५:०९ बजे
  • 727
    SHARES
  • समानुपातिक मतगणना अन्तिम चरणमा, कुन कुन पार्टी राष्ट्रिय दल बन्दैछन् ?

    प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना सम्पन्न भएको छ ।

    images

    निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार अहिलेसम्म नेकपा एमालेले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गर्दै पहिलो बनेको छ । यस्तै, नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६ सय २८ मतसहित दोस्रो स्थानमा छ । निर्वाचनको आयोगका अनुसार समानुमापातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

    नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ८ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९ सय ४३ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् ।

    यो पार्टीहरु राष्ट्रिय दल बन्ने निश्चित भएको छ । सत्ता गठबन्धनकै एक दल नेकपा एकीकृत समाजवादीले भने थ्रेस होल्ड कटाउने सम्भावन न्यन बन्दै गएको छ । एकीकृत समाजवादीले हालसम्म २ लाख ९४ हजार १०० मत प्राप्त गरेको छ ।

    थ्रेस होल्ड कटाउन एकीकृत समाजवादीलाई १५ हजारभन्दा बढी मत अपुग भएको छ । जसका कारण राष्ट्रिय दल बन्नबाट व्यञ्चित हुने देखिन्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १ लाख ६७ हजार २८० मतमै अड्किएका छन् ।

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ । प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमाले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थानमा छ ।

    यस्तै, माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ स्थानमा जित हासिल गरेका छन् । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology