Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मगर सँघ कुवेतको चौंथो अधिवेशन १३ जनवरीमा हुने

मगर सँघ कुवेतको चौंथो अधिवेशन १३ जनवरीमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर १८, २०७९ आइतवार • १३:२०:१२ बजे
  • 3.9K
    SHARES
  • मगर सँघ कुवेतको चौंथो अधिवेशन १३ जनवरीमा हुने

    कुवेत - मगर सँघ कुवेतको "चौंथो ऐतिहासिक अधिवेशन १३ जनवरीमा हुने भएको छ ।

    images

    मगर सँघ कुवेतको चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवंआम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम" १३ जनवरी २०२३ शुक्रबारका दिन बिभिन्नमगर परिकार लगायत मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गरिएको मगर सँघ कुवेतका महासचिब जय आले मगरले मयूरपाटीलाई जानकारी दिएका छन ।

    कुवेत नगरीमा “ईतिहास,भाषा,संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, भन्ने मुल नाराका साथ सन २०१२ मा  मगर सँघ कुवेतको स्थापना भएको थियो । कुवेत नगरीमा जातीय सस्थाहरु मध्य मगर सँघ कुवेत पनि सकृय रहेको छ । मगर सँघ कुवेतले हरेक वर्ष कुवेत नगरीमा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती पर्व मनाउदै आईरहेको छ । कुवेतमा स्थापना भएका  कृयाशिल विभिन्न नेपाली सघ-सस्थाहरु संग मगर सँघ कुवेतले हातेमालो गर्दै आईरहेको छ ।

    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई उपस्थितिको मगर सँघ कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology