कुवेत - नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने भएको छ ।
संस्थाको छैटौँ वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो । "नेपालीहरुको सेवामा समर्पित" भन्ने मुलनारा का साथ गठन भइकृयासिल रहेको यस संस्था "नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत" ले छैटौँ बार्षिक उत्सवतथा साङ्गितिक धमाका नेपालबाट अतिथी कलाकार सहित मनाउने निर्णय गरेको जानकारी कार्यक्रम संयोजक मनिष के.सी ले जानकारी गराएका हुन् ।
नेपालबाट ल्याइने कलाकार तथा कार्यक्रम स्थलको बारेका छिट्टै नै सार्वजनिक सूचना तथा समाचार मार्फत जानकारी गराइने भन्दै कुवेतमा रहेका अन्य संघ संस्थालाइ उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले विनम्र अनुरोध पनि गरेकोछ।