Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७९ बुधवार • १५:०४:३६ बजे
  • 616
    SHARES
  • धान उत्पादनमा वृद्धि

    पाल्पामा यस वर्ष धान उत्पादन बढेको छ । यो वर्ष धानखेती गर्ने क्षेत्रफल बढेकाले धान उत्पादन बढेको हो । अघिल्लो वर्ष ८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा यो वर्ष बढेर ८ हजार २१० हेक्टर पुगेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

    images

    धान लगाउने क्षेत्रफल बढेका कारण यो वर्ष धान उत्पादन गत वर्षको तुलनामा बढेको ज्ञान केन्द्र पाल्पाका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए । उनका अनुसार गत वर्षभन्दा यो वर्ष दुई प्रतिशतले उत्पादनमा बृद्धि भएको छ ।

    गत वर्ष ३१ हजार ४२८ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष बढेर ३२ हजार १९ मेट्रिकटन पुगेको उनले जानकारी दिए । विभिन्न रोगका कारण यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएपनि उत्पादन नघटेको उनले बताए ।

    धान लगाउने क्षेत्र बढेका कारण र धान स्याहार्ने बेलामा रोगको आक्रमणले क्षति कम गरेकाले उत्पादन सामान्य बढेको ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताइन् ।

    पाल्पामा साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुख्खा धान, सावित्री तथा स्थानीय जातको धान खेती हुँदै आएको छ ।

    पछिल्लो समय उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेकाले पनि धान उत्पादनमा बृद्धि हुँदै आएको छ । यद्दपी समयमै पानी नपर्ने, धान स्याहार्ने बेलामा रोग लाग्ने, समयमै मल तथा बिउ नपाउने समस्याले पाल्पाका किसानले सोचे अनुसारको उत्पादन बढाउन सकेका छैनन् ।

  • सम्बन्धित विषय:

  • # धान उत्पादनमा वृद्धि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology