Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सरकारका प्रवक्ता भन्छन्- चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल जीवितै छ

सरकारका प्रवक्ता भन्छन्- चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल जीवितै छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७९ बुधवार • १५:२८:२१ बजे
  • 583
    SHARES
  • सरकारका प्रवक्ता भन्छन्- चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल जीवितै छ

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल जीवितै रहेको बताएका छन् ।

    images

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री कार्कीले अबको प्रतिनिधिसभामा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने बताए ।

    बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा भने– ‘प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेस भएको छ ।

    त्यो अर्को प्रतिनिधसिभामा छलफल हुने हो । त्यो विषय जीवितै छ, यो महाअभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ ।’

    बुधबारै संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायत निकायमा पठाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology