Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिक सांसदमा कुन दलबाट को-को समेटिए ? (सूचीसहित)

समानुपातिक सांसदमा कुन दलबाट को-को समेटिए ? (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७९ आइतवार • ११:०१:५० बजे
  • 352
    SHARES
  • समानुपातिक सांसदमा कुन दलबाट को-को समेटिए ? (सूचीसहित)

    राजनीतिक दलहरुले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले पाएको सिट संख्याका आधारमा समानुपातिकतर्फका सांसद सिफारिस गरेका छन् ।

    images

    राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका हुन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।

    संघीय संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ भने २९ जना महिला छानिएका छन् । यता नेकपा एमालेले २२ जना महिलालाई सांसद बनाउने निर्णय गरेको छ भने १२ पुरुषलाई समानुपातिक सांसद बनाएको हो । माओवादीले १२ महिला र २ पुरुष छानेको छ ।

     

    नेपाली कांग्रेस

    खसआर्य पुरुषतर्फ :
    डा.प्रकाशशरण महत

    मधेसी पुरुष :
    विमलेन्द्र निधि

    दलित पुरुष:
    जीवन परियार

    खस/आर्य महिलातर्फ :
    अम्बिका बस्नेत
    सरिता प्रसाई
    आरजु राणा देउवा
    ईश्वरी न्यौपाने
    प्रतिमा गौतम
    मञ्जु खाँण
    रमा कोइराला
    कान्तिका सेजुवाल
    मैना रावल कार्की

    आदिवासी जनजाति महिलातर्फ :
    सरस्वती बजिमय
    लीलादेवी बाखिम (लिम्बू)
    सीताकुमारी राना
    सुशीला थिङ
    सपना राजभण्डारी
    माया राई
    कुसुम थापा मगर
    मनोरमा शेरचन
    अञ्जनी श्रेष्ठ
    रेनुका काउचा

    मधेसी महिलातर्फ :
    नगिना यादव
    मुक्ताकुमारी यादव
    चन्दा चौधरी
    संगीता मण्डल

    दलिततर्फ:
    महासनाई नेपाली
    शान्ति विक
    रूपा विक
    सीता मिजार

    मुस्लिमतर्फ:
    जावेदा खातुन

    थारुतर्फ:
    कल्पना चौधरी
    बिनाकुमारी थनेत

    नेकपा एमाले

    आदिवासी–जनजाति कोटातर्फ १४ जना :
    देवीप्रसाद भट्टचन
    हेमराज राई
    कालुराम राई
    नैनकला थापा मगर
    सूर्यकुमारी श्रेष्ठ
    उर्मिला थेवे
    इश्वरी घर्ती
    रणकुमारी बलम्पाकीमगर
    शान्ति श्रेष्ठ
    सरस्वती सुब्बा

    खस आर्य पुरुषतर्फ ३ जना :
    रघुजी पन्त
    एकनाथ ढकाल
    दयालबहादुर शाही

    महिला कोटातर्फ ८ जना :
    मेनुकाकुमारी पोखरेल
    सरिता भुसाल
    शोभा ज्ञवाली
    बिजुला रायमाझी
    निर्मला कोइराला
    सम्झना थपलिया
    दीपा शर्मा
    सुनिता बराल

    थारु कोटातर्फ २ जना :
    आश्माकुमारी चौधरी
    शान्ति चौधरी

    दलित कोटातर्फ ५ जना :
    ईश्वरबहादुर रिजाल
    प्रभू हजारा पाशवान
    चन्द्रबहादुर विश्वकर्मा
    रुक्मिनी राना बराइली
    हर्कमाया विश्वकर्मा

    मधेशी कोटामा ५ जना :
    गंगाप्रसाद यादव
    अमृत राजवंशी
    विना देवी
    अमृतादेवी अग्रहरी
    प्रतिक्षा तिवारी मुखिया

    मुस्लिम कोटातर्फ १ जना :
    सराज अहमद फारुकी

    माओवादी केन्द्र

    आदिवासी महिलातर्फ :
    दुर्गा राई
    मिना तामाङ
    उर्मिला माझी पौडेल
    छिरिङ ल्यामु लामा तामाङ

    खस आर्य पुरुष तर्फ :
    हितराज पाण्डे

    खस आर्य महिला तर्फ :
    ज्ञानु बस्नेत सुवेदी
    विमला सुवेदी
    नारायणी शर्मा

    थारु महिला तर्फ :
    रुपा सोसी चौधरी

    दलित पुरुष तर्फ :
    रणेन्द्र वराली

    दलित महिला तर्फ :
    सुशिला श्रीपाली ठकुरी

    मधेशी महिला तर्फ :
    मिना यादव
    उमरावती देवी यादव

    मुस्लिम महिला तर्फ :
    कल्पना मियाँ

    रास्वपा

    आदिवासी–जनजाति कोटाबाट :
    डा.ढाकाकुमार श्रेष्ठ
    इन्दिरा रानामगर
    सुमना श्रेष्ठ

    खस–आर्य कोटाबाटः
    डा. चन्दा कार्की
    डोलप्रसाद अर्याल
    निशा डाँगी
    विनीता कठायत

    दलित कोटाबाट:
    सन्तोष परियार
    शिव नेपाली

    मधेसी कोटाबाट:
    लक्ष्मी तिवारी
    मनिष झा

    थारु कोटाबाट
    अशोककुमार चौधरी
    मुस्लिम कोटाबाट
    असिम शाह

    जसपा

    खस आर्य पुरुषतर्फ –
    प्रकाश अधिकारी
    सहनाज रहमान

    महिलाबाट –
    सुशीला श्रेष्ठ
    रन्जु झा
    रेखा थापा यादव

    राप्रपा

    पुरुषबाट-

    पशुपति शमशेर जबरा
    उपाध्यक्ष बुद्धिमान तामाङ

    महिलाबाट-
    रोशन कार्की
    बिना लामा
    बिना जयशवाल
    अनिशा नेपाली
    गीता बस्नेत

    जनमतबाट-

    अनिता साह
    सोनु मुर्मुर
    अब्दुल खान
    बिनिताकुमारी सिंह
    गोमा सापकोटा

  • सम्बन्धित विषय:

  • # समानुपातिक सांसद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology