Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समानुपातिक सांसदको नामावलीमाथि छानविन सुरु

समानुपातिक सांसदको नामावलीमाथि छानविन सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७९ आइतवार • ११:०४:५१ बजे
  • 214
    SHARES
  • समानुपातिक सांसदको नामावलीमाथि छानविन सुरु

    निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची सच्याउन दलहरुलाई दुई दिनको समय दिएको छ ।

    images

    आयोगले राजनीतिक दलहरुले बुझाएको समानुपातिक सिद्धान्त र क्लस्टरअनुसार नमिलेको नाम सच्याएर बुझाउन सोमबारसम्म समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।

    दलहरुले बुझाएको नामावलीमाथि आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउने छ । निर्वाचन आयोगका अनुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बन्दसूचीभित्रैबाट नाम परे/नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए÷नभएको छानबिन गरिने आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology