Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दिल्ली उड्न लागेको जहाजको टायर पन्चर

दिल्ली उड्न लागेको जहाजको टायर पन्चर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७९ आइतवार • ११:०८:२१ बजे
  • 403
    SHARES
  • दिल्ली उड्न लागेको जहाजको टायर पन्चर

    काठमाडौंबाट नयाँ दिल्ली उड्न ठिक्क परेको जहाजको टायर पञ्चर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।

    images

    एयर इन्डियाको एएल २१६ उडान नम्बरको जहाज ३ः४० मा त्रिभुवन विमानस्थलबाट नयाँ दिल्ली उड्ने तयारीमा थियो ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज ‘ट्याक्सी वे’बाट थ्रेसहोल्ड एरियामा पुगेर धावनमार्गमा रन लिने तयारी गर्दै गर्दा टायरको प्रेसर कम भएको थियो ।

    यसलाई एभिएसनको भाषामा ‘टायर फ्लाट’ हुनु भनिन्छ । जसको अर्थ सामान्य भाषामा पञ्चर हुनु हो । थ्रेसहोल्ड एरियामा पुगेपछि जहाज रन गरी टेकअफ लिने गर्छ ।

    पञ्चर भएसँगै जहाजलाई मेसिनको सहायताले तानेर पार्किङ वेमा राखिएको छ । सो क्रममा केही बेर अवरुद्ध भएको विमानस्थल सामान्य बनिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # जहाजको टायर पन्चर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology