Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

शिवपूजनकी पत्नी बनिन् माओवादीबाट समानुपातिक सांसद

शिवपूजनकी पत्नी बनिन् माओवादीबाट समानुपातिक सांसद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७९ आइतवार • ११:११:०८ बजे
  • 481
    SHARES
  • शिवपूजनकी पत्नी बनिन् माओवादीबाट समानुपातिक सांसद

    नेकपा माओवादी केन्द्र सर्लाहीका नेता शिवपुजन राय यादवकी श्रीमती मीना यादव समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् ।

    images

    माओवादी केन्द्रले समानुपातिक पद्धसतिबाट टुंगो लगाएको १४ समानुपातिक सांसदमा मधेशी क्लस्टरबाट मीना यादव प्रतिनिधिसभा सांसद चयन भएकी छन् ।

    यद्यपि शिवपूजनले सर्लाही–४ प्रतिनिधिसभा सदस्यमा छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार उठाएका थिउ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनको समर्थन कांग्रेसका नागेन्द्रकुमार यादवलाई थियो । तर उनी कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंहसँग पराजित भए ।

    अमरेश २० हजार १७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार यादव १८ हजार २५३ मत पाएका छन् भने तेस्रो नम्बरमा मधुमालाले १४ हजार ६२२ मत पाएकी थिइन् ।

    मधुमालाको उम्मेदवारीले अमरेशलाई जित निकाल्न सहज भएको थियो । गठबन्धनलाई शिवपजनकै कारण पराजय ब्यहोर्नुपरेको आरोप छ ।

    शिवपूजनका कान्छो छोरा राजाबाबु यादवले गत स्थानीय चुनावमा रामनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । २०६४ मा संविधानसभा सदस्य जितेका शिवपूजनमाथि रातो पासपोर्ट दुरुपयोगमा कारबाही भएपछि उनी आफैं चुनाव लड्नबाट वञ्चित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # समानुपातिक सांसद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology